१६ असार २०८३, मंगलबार | July 1, 2026

सिधनियाघाटमा बैकुण्ठधाम निर्माणर्थ नेपालगन्जमा महायज्ञ गरिने



नेपालगन्ज । बाँकेको राप्ती किनारको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणर्थ नेपालगन्जमा महायज्ञ लगाइने भएको छ । राप्ती नदी तट सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि कात्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने भएको हो ।

आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बैकुण्ठधाम निर्माणार्थ वाचन शिरोमणि दिनबन्धु पोखरेलको उपस्थितिमा नेपालगन्जमा बैकुण्ठघाम अध्यात्मिक महोत्सव गरिने जानकारी गराइयो।

मर्निङवाकमा भेटिने नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीको समूहले बनाएको मल्हमपट्टी ग्रुपको अगुवाईमा बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समिति निर्माण गरेर अध्यात्मिक महोत्सव आयोजना गर्न थालिएको पत्रकार सम्मेलनमा बताइयो । समितिका अनुसार बैकुण्ठघाम निर्माणका लागि समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना दिइसकेको छ । प्रतिकठ्ठा आठ लाखको दरले चार जना जग्गाधनीलाई बैना दिइएको छ । थप १९ कठ्ठा खरिद गर्ने समितिको योजना रहेको छ ।

मल्हमपट्टी ग्रुपको अगुवाईमा बनेको समितिले बैकुण्ठघाममा ब्रम्हनाल, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क बनाउने योजना रहेको छ । भविष्यमा विद्युतीय शवदाह गृहको योजना अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पण्डित पोखरेलले महायज्ञलाई व्यवस्थित गराउन सकिए २० करोड रुपैया संकलन हुने उद्घोष गरे । उनले महायज्ञमा प्रवचनसँगै शालिकरामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गरिने बताए ।

समितिका अध्यक्ष डा. सुरेशकुमार कनोडियाले समितमा रहेका उपाध्यक्ष भोला महत, सचिव विकास आचार्य, सहसचिव उमा थापा, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यहरु डा. बद्री चापागाई, डा. किर्तिपाल सुवेदी, श्रीराम सिग्देलसहित सबैले अपनत्व लिने गरी काम गरिरहेको बताए ।

आज बिहान वाचन शिरोमणी पोखरेल सहित समितिका पदाधिकारीहरुले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित सिधनिया घाटमा निर्माण हुने बैकुण्ठधामको स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी