१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा छोराको मृत्यु, आमा गम्भीर घाइते



बुटवल । बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेका छन । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन् ।

साथै मोटरसाइकका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु प्नि घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : १० बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन