८ पुस २०८२, मंगलबार | December 24, 2025

बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा छोराको मृत्यु, आमा गम्भीर घाइते



बुटवल । बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेका छन । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन् ।

साथै मोटरसाइकका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु प्नि घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : १० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना