१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार



बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र पश्चिमबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको र्मृत्यु भएको हो ।

दुर्घटनामा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल-११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन् ।

तिब्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जीपको मुनी पुगेकी थिईन् । उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरिक्षक बानियाले बताए ।

रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको बानियाले बताए ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : ४१ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी