३ पुस २०८२, बिहिबार | December 18, 2025

अवामी लिगले प्रतिक्रान्ति गर्न खोजे रक्तपात हुनेछ : गृहमामिला सल्लाहकार



ढाका। अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अवामी लिगलाई प्रतिक्रान्तिको प्रयास र अराजकता सिर्जना गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

भर्खरै विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका अन्सारका सदस्यहरुको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचार भैरहेको अवस्थामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘अव्यवस्था सिर्जना गर्ने प्रयास नगर्नुहोस्, परिणाम अनुकूल हुनेछैन,’ उनले भने । अवामी लिगलाई पार्टीको रूपमा पुनर्गठन गर्न चाहेमा कुनै समस्या नभएको उल्लेख गर्दै चेतावनी दिए।

सल्लाहकारले देशमा अवामी लिगको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरे र यसलाई पुनर्गठन गर्न स्वतन्त्र रहेको बताए तर यदि यसले प्रतिक्रान्तिको सपना देख्यो भने यसले ठूलो मात्रामा रक्तपात निम्त्याउने उनको चेतावनी थियो ।

‘हामी भाग्न सक्छौं, तर यो पुस्ता वा विद्यार्थी जनसंख्या भाग्नेछैन,’ उनले भने । सखावतले आन्दोलनका क्रममा भएका मानवीय क्षति र घाइतेको भत्र्सना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग लिइने उल्लेख गरे ।

साथै उनले लुटेका हतियार सोमबारसम्म प्रहरीलाई फिर्ता गरिसक्ने बताए । उनले अगस्त १९ पछि यस्ता हतियार फेला परेमा कडा कारबाही गरिने चेतावनी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ४० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका