२३ चैत्र २०८२, सोमबार | April 6, 2026

विवाह परम्पराको कथामा ‘वर एण्ड वधु’



काठमाडौं । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ ।

आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।

“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने ।

नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रमा नेपाल र प्रवासी नेपालीको विवाह सन्दर्भलाई देखाइएको छ । अभिनेत्री आँचल शर्माले यस चलचित्रमा आफूले चुलबुले तर आत्मविश्वासी युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिइन । चलचित्रमा आँचलको जोडीका रुपमा विवेक कर्मचार्यलाई देख्न सकिन्छ । अभिनेता कर्माचार्यले पात्रलाई जीवन्त बनाउन सक्दो मेहनत गरेको प्रतिक्रिया दिए ।

“पहिलो चलचित्रमा सबैको साथ लिएर काम गरेको छु । मैले हरेक दृश्यमा शत प्रतिशत मेहनत गरेको छु । यो मेरा लागि सिकाई पनि बनेको छ, अवसरका लागि कृतज्ञ छु”, उनले भने ।

चलचित्रमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन । चलचित्रमा सुस्मिता वाईवाले नृत्य निर्देशन गरेका छन ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ४९ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु