२४ असार २०८३, बुधबार | July 8, 2026

बाँकेमा स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तीमा विविध कार्यक्रम



नेपालगन्ज । कांग्रेस बाँकेले सामाजिक कार्य गर्दै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्ती मनाएको छ । स्वर्गीय कोइरालाको ८६औं जन्मजयन्तीका अवसर पारेर नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएर जन्मजयन्ती मनाएको हो ।

सामुहिक भोजनको अवसरमा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उनले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताए ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् नेपाल सरकारका पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गरे ।

कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली (बादी), जिल्ला सदस्य उमा थापा मगरलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

आजै स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा वृक्षरोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा वृक्षरोपण गरिएको कांग्रेस बाँकेले जनाएको छ । पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १२ बजे

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको