१२ पुस २०८२, शनिबार | December 27, 2025

ठूलीभेरी र सानीभेरी नदीमा पानीको बहाव उच्च, तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह



रुकुम पश्चिम । लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीको सतह बढेको छ । ठूलीभेरी र सानीभेरी नदीको सहत बढेसँगै तटीय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ठूलीभेरी र सानीभेरी नदीको सतह बढेसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटीयक्षेत्र आसपासका बस्ती उच्च जोखिममा परेको बताएको छ ।

पछिल्लो केही दिनयता निरन्तर वर्षाका कारण सानीभेरी नदीको बहाव बढेकाले नदी क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए । उनका अनुसार नदीको बहाव बढेकाले नदी आसपासका स्थानीयलाई माछा मार्ने, काठ सङ्कलन गर्नेजस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै आठबिसकोट नगरप्रमुख रवि केसीले पनि नदीमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ती तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताए । अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठूलीभेरी तथा सानीभेरी नदीमा सतह बढेको देखिएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

नदीको तटीय क्षेत्र आसपासका बस्ती विपदको उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए। शनिबारदेखि रुकुमपश्चिममा लगातार पानी परिरहेकाले जिल्लावासीलाई बाढी र पहिराबाट हुनसक्ने क्षतिबाट बच्न अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १७ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको