५ चैत्र २०८२, बिहिबार | March 20, 2026

पूजाअर्चना भन्दै देशैभरका मन्दिर पुग्ने गरेका पूर्वराजा ज्ञानेन्द्र पशुपति कोटिहोम ज्ञान महायज्ञमा अनुपस्थित



काठमाडौं । पूजाआजाको बहाना बनाउँदै देशदौडाहामा हिँडिरहने पूर्वराजा ज्ञानेन्द्र शाख काठमाडौंमा नै लागेको १ महिने श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा भने उपस्थित भएका छैनन् । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी  ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।

हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएपनि उनीहरुको महायज्ञमा अनुपस्थित भएका हुन् ।

‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार बिभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’

साउन १ देखी सुरू भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ०९ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको