४ चैत्र २०८२, बुधबार | March 18, 2026

लुम्बिनी प्रादेशिक अस्पताल मेसुबिहीन, स्वास्थ्य उपचार प्रभावित



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्टबिहीन हुँदा दैनिक कामकारबाहीमामा असर परेको छ। करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आएको छ।  आठ सयभन्दा बढी कर्मचारी रहेको अस्पताल अहिले नेतृत्वबिहीन हुँदा आर्थिक तथा प्रशासनिक कामका साथै सेवा प्रवाहमा असर पर्न थालेको छ।

प्रदेशको १२ वटा जिल्लालाई प्रतिनिधित्व गरेको अस्पताल राजनीतिबाट अछुतो रहन सकेन। यो जनताको जनसरोकारसँग गाँसिएको विषय हो। केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म राजनीतिले सबै क्षेत्र गिजोलिएकोमा त्यसबाट स्वास्थ्य क्षेत्र पनि अछुतो रहन सकेको छैन।

अस्पतालमा यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निणर्यबाट १०औं तहका डा. इन्द्र ढकाललाई मेसु नियुक्त गर्‍यो। अस्पतालमै कार्यरत अर्का डा. विष्णु गौतमले आफू ११औं तहको हुँदाहुँदै १०औं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै सर्वोच्च पुगे। सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेसुको काम कारबाहीमा रोक लगाउँदै यथास्थितिमा राख्न भनेको छ।

सर्वोच्चले गरेको निर्णयले जनाताको स्वास्थ्य, पाउनुपर्ने सेवा सुविधा प्रभावित भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले बताए।

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा एउटा सकारले गरेको निर्णयलाई अर्को सरकारले मिच्दै जाँदा न्यायसंगत नभएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ।

अध्यक्ष श्रेष्ठले भने, ‘व्यवस्थापन समितिलाई राम्रोसँग चलायमान गराउने हो भने उहाँहरूको कार्यकाल पूरा गर्न दिनुपर्छ। जनतासँग जोडिएको संवेदनशील विषयमा खेलवाड नगर्न मेरो आग्रह छ।’

प्रदेश सरकारले तत्काल दैनिक काम नरोक्नेगरी मन्त्रीस्तरीय निणर्यबाट मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलाई थप जिम्मेवारी दिइएको छ।

अस्पतालमा संघ सरकारले पनि ठूलो लगानी गरेको छ। अस्पताल परिषरमा अर्बौको परियोजना सञ्चालनमा रहेको छ।

‘अस्पताल अहिले साँघुरो अवस्थामा छ। अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा छौं। पुरानै भवनबाट सेवा दिँदैगर्दा बढी नै घुइचो देखिरहेको छ। त्यसको तत्काल हामी समाधान देख्दैनौं।’ डा. गिरीले भने ।

बिरामीको चाँप राम्रो कामको परिणाम भएको उनको भनाइ छ। बिहान ७ बजेदेखि बेलुकी ५–६ बजे सम्म अस्पतालका डाक्टर बिरामीलाई सेवा दिन तल्लिन हुने गरेको उनले बताए।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ६ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको