२१ भदौ २०८३, आइतबार | September 7, 2026

दशरथ रंगशालाको स्तरोन्नतीका विषयमा राखेप र एन्फा छलफलमा



काठमाडौं । दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् ।

गत मंगलबार भुटानको पारो एफसीले  र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ ।

मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन ।

यसैबीच विहिबार राखेप सदस्य-0सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा छलफल भएको राखेपले जानाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ६ : २६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त