१८ माघ २०८२, आइतबार | February 2, 2026

साफ यू-२० सुरु हुन तीन दिन बाँकी रहँदा खेल मैदान बारे अझै अन्योल



काठमाडौं । काठमाडौँमा आयोजना हुने साफ यू-२० च्याम्पियनसीप सुरु हुन तीन दिन मात्र बाँकी रहँदा पनि खेल मैदानको टुंगो अझै लागेको छैन । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुङ्गो लगाउन नसकेको हो ।

विहिबार एन्फाले पत्रकार सम्मेलन गर्दै खेल मैदानको टुङ्गो नलागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा म्याच कमिस्नरको निरिक्षणपछि मात्र खेल सञ्चालन हुने मैदान कुन बारे टुंगो लाग्ने बताइएको छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि साफले एन्फालाई विकल्प खोज्न भनेको छ ।

दशरथ रंगशालामा पानी सोच्ने ड्रेनेज सिस्टम नभएका कारण पारो र चर्च ब्वाइजको खेलका क्रममा हिलाम्मे भएको थियो । साफ यू(२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् ।

जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अगस्त १८ मा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ०६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन