३० चैत्र २०८२, सोमबार | April 13, 2026

स्पेनिस ला लिगा शुरु, दुवै खेल बराबरीमा रोकिए



काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन् ।

एथलेटिक बिल्बाओका लागि खेलको २७ औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४ औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस्तै गएराती नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ । गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो ।

खेलको छैटौ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : २० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्