८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण



बागलुङ । तमानखोला गाउँपालिका-१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५१ बजे

अमेरिका विरुद्ध नेपालको विस्फोटक ब्याटिङ, ३१८ रनको चुनौती पेश

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा

३२औँ पटक सगरमाथा चढेका कामिरिता शेर्पाको काठमाडौंमा भव्य स्वागत

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा ३२ पटक सफल आरोहण

एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बैठक बसिरहेको छ ।

तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान