३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो !



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।

शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडी आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हु्न् ।

उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।

उनले भने- ‘आज म बडो आश्चर्यमा छु । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छु । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’

शर्माले अहिले पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।

शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफु र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउदै यो पार्टीको राम्रोको लागि भएको ब्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताए ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : २४ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन