२१ माघ २०८२, बुधबार | February 4, 2026

खुकुरी प्रहार अभियोगमा एमाले युवासंघ बाँकेका अध्यक्ष ज्ञानु ओली सहित ४ जना पक्राउ



नेपालगन्ज । बाँकेको राप्ती सोनारी ५ बिनौनामा खुकुरी प्रहार गरि २ जना युवाहरुलाई गम्भीर घाइते बनाएको अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ । कांग्रेस निकट युवाहरु राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि हिजो(शनिबार) राती खुकरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी २ का वडा अध्यक्ष समेत रहेका युवा संघ नेपालका अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ओली सहित पक्राउ पर्नेमा रत्नबहादुर भण्डारी, विशाल बस्नेत र सन्दिप ओली रहेका छन् । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी धर्म भण्डारीले बताए ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ८ बजेको समयमा खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरुणदरका सन्दिप विष्ट र सुलभ मल्ल गम्भीर घाइते भएका थिए । घाइते दुबैको नेपालगन्जमा उपचार सम्भव नभएपछि भारतको लखनउमा उपचार भइरहेको छ ।

यसैबीच खुकुरी प्रहारको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै तरुण दल बाँकेले प्रर्दशन गरेको छ । कोहलपुरमा आइतबार दिउँसो तरुण दलका कार्यकर्ताले एक घण्टा सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका थिए । तरुण दल बाँकेका कार्यकर्ताले बिरोध स्वरुप कोहलपुरमा आइतबार दिउँसो प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका कारण केहीबेरसम्म यातायात सेवा प्रभावित बन्न पुगेको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुर, चौराहा तथा न्यूरोड क्षेत्रमा ठुलो संख्यामा उपस्थित भएका तरुण दलका कार्यकर्ताले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

उक्त घटनाको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालले विज्ञप्ति प्रकाशित गरेर घटनाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ८ : ०६ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको