३ माघ २०८१, बिहिबार | January 16, 2025

डा. आरजु राणा नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै अख्तियारमा उजुरी दर्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । बिहीबार सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।

डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा भनेका छन् । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन् ।

उजुरीमा भनिएको छ- ‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ । मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हँुदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ०३ बजे

प्रधानमन्त्री ओली पोखरामा

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी । यहाँको बेनी नगरपालिका-१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने

पत्रकार खनालको निधन

काठमाडौं । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा

पार्टी बैठकमा गगन विश्वले भने – अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौं

काठमाडौं। केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको