१३ पुस २०८२, आइतबार | December 28, 2025

सुमनाको प्रधानमन्त्री ओलीलाई कटाक्ष- शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षामा राजनीति हुनुपर्ने वकालत गर्दै हिडेको आरोप लगाएकी हुन् ।

उनले भनिन्- ‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहीँ के छ ? बताईदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराए ।’

श्रेष्ठले त्रिवीमा अहिले देखिएको विवादको विषयमा कटाक्ष गर्दै अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरेकी छन् । साथै उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको बताएकी छन् ।

उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासन राजनीतिमुक्त हुनुपर्नेमा स्पष्ट रहेको बताएकी छन् ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ३ : ०६ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि