२० असार २०८३, शनिबार | July 4, 2026

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई पराजित गर्दै नेपाल बन्यो समूहविजेता



काठमाडौं । घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्‍यो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो ।

बंगलादेशले पनि श्रीलंकालाई २-० ले पराजित गर्‍यो । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोड्दै समूह विजेता बन्यो ।

तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्यो । श्रीलंका भने अंकविहीन रह्यो । नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ । समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ ।

दुवै खेल खेलिसकेको भुटानको पनि तीन अंक रहेको छ । शुक्रबार हुने समूह ‘बी’को अन्तिम खेलबाट नेपाल र बंगलादेशको प्रतिद्वन्दी तय हुनेछ ।

नेपालको जितमा समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले फर्काएको गोल सान्त्वना रह्यो । १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले मिडफिल्ड एरियामा आएर क्लियर गर्ने प्रयास गरेका थिए । तर, उनले बेलैमा क्लियर गर्न नसक्दा समीरले खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरे । जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो ।

त्यसको दुई मिनेटपछि नै निराजन धामीले अर्को गोल थपे । अविनास स्याङ्तानले दिएको कट पासलाई उनले वान टर्चमा जाली चुमाए । जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यअसघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिराजुलले सदुपयोग गरे ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ५ : १५ बजे

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको