१५ माघ २०८२, बिहिबार | January 30, 2026

माओवादी बैठक : सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्नेभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्यसूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनुपर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनुपर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीचित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिए । उनले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताए ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।

बुधबारदेखि सुरु भएको सो बैठकमा बागमती प्रदेशका नेता तथा कार्यकर्ताले पार्टीको समग्र अवस्था आगामी दिनको भूमिका, जनपरिचालन, सङ्गठन निर्माणलगायत विषयमा आफ्नो धारणा राखेका थिए । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकले सात प्रदेश र सम्पर्क, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतको बैठकको मिति तय गरेको थियो ।

बैठकमा उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा एवं बागमती प्रदेशको नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ७ : १३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला