१२ पुस २०८२, शनिबार | December 27, 2025

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा आजदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताए ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उनले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले मार्क्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताए । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेलिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उनको भनाइ थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा लेलिनको क्रान्तिकारी आदर्शको प्रभाव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट नेतृत्वमा पटकपटक सरकार निर्माण भएकाले जनताको आर्थिक र सामाजिक रुपान्तरणका प्रयास भइरहेको विचार व्यक्त गरे ।

यही भदौ १३ गतेसम्म लेलिनका जीवन तथा सङ्घर्षका विभिन्न आयामबारे छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  १० : २२ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको