१५ पुस २०८२, मंगलबार | December 30, 2025

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतको उद्दार



काठमाडौँ । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनका अनुसार १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीबाट उद्धार कार्य जारी रहेको थापाले बताए ।

तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

शुक्रबार तनहुँको मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  १ : २४ बजे

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य