१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

तीजको अवसरमा प्रदर्शन हुँदै चलचित्र ‘देवी’



काठमाडौं । महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ ।

अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन । “महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उनले भनिन । अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको जानकारी दिइन ।

चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताए । उनले भने, “हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र ।”

भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ८ : ०६ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र