२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड एकतर्फी खुल्यो



बुटवल । सुख्खा पहिरोका कारण दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार एकतर्फी सडक सुचारु भएपछि पहिरो सफाईको काम भने जारी रहेको छ । सडक खुलाउनका लागि ३ वटा स्काभेटर प्रयोग गरी काम भैरहेपनि सवारीको चाप बढी भएकाले पहिरो पूर्ण रुपमा सफागरी दुईतर्फी सञ्चालन गर्न थप समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध भएपछि गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा, लगायतका ठाउँबाट पाल्पा हुँदै आएका सवारी साधनहरु बाटोमै रोकिएका थिए । यसैगरी बुटवल–पाल्पा हुँदै विभिन्न गन्तव्यमा जाने सवारी साधन पनि बीच बाटोमा अलपत्र परेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती