३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड एकतर्फी खुल्यो



बुटवल । सुख्खा पहिरोका कारण दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार एकतर्फी सडक सुचारु भएपछि पहिरो सफाईको काम भने जारी रहेको छ । सडक खुलाउनका लागि ३ वटा स्काभेटर प्रयोग गरी काम भैरहेपनि सवारीको चाप बढी भएकाले पहिरो पूर्ण रुपमा सफागरी दुईतर्फी सञ्चालन गर्न थप समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध भएपछि गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा, लगायतका ठाउँबाट पाल्पा हुँदै आएका सवारी साधनहरु बाटोमै रोकिएका थिए । यसैगरी बुटवल–पाल्पा हुँदै विभिन्न गन्तव्यमा जाने सवारी साधन पनि बीच बाटोमा अलपत्र परेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : ०७ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन