१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको बुटवलमा बृहत तीज मिलन



बुटवल । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै रूपन्देही तथा आसपासमा बसोबास गरिरहेका ६ सय बढीको उपस्थितीमा तीज मिलन तथा दरखाने कार्यक्रम भएको हो ।

सम्पर्क समाजको पहलमा तीज मिलनकै बीच जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्यता नवीकरण समेत गरिएको थियो । छत्रदेब ५ का वार्ड अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम स्थलबाटै जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्सता नविकरण गरिएको थियो ।

विगतमा जस्तो छत्रगञ्ज जान नपरेको र घरमै आएर सदस्यता नविकरण गरिदिएको भन्दै जेष्ठ नागरिकहरुले सम्पर्क समाजलाई धन्यवाद ब्यक्त गरेका थिए ।

सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीको अध्यक्षता तथा सचिव बिराट पौडेलको सञ्चालन एवम् बन्दना पाण्डे, अनिता आचार्य तथा गीता रानाको संयोजनमा भएको कार्यक्रममा सहभागी महिलाहरु मौलिक तीजको भाकामा निकैबेर नाचगान गरेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  १० : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा