१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय



काठमाडौं । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन्  ।

मोदीलाई उछिनेसँगै  श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन  फलोअर्स पुगेका छन् । जबकी प्रियंका चोपडाका ९१.८ मिलियन फलोअर्स रहेका छन् ।

अहिलेसम्म प्रियंका चोपडा यस मामिलामा बलिउड स्टारहरूमा सबैभन्दा अगाडी रहेकी थिइन् । तर अहिले श्रद्धाले उनलाई पछि पार्दै पहिलो नम्बरमा आफ्नो स्थान बनाएकी छिन् । अब श्रद्धाभन्दा बढी क्रिकेटर विराट कोहलीका इन्स्टाग्राममा सबैभन्दा फलोअर्स रहेका छन् । विराटका इन्स्टाग्राममा २७० मिलियन फलोअर्स रहेका छन् । विराट इन्स्टाग्राममा सबै भन्दा बढी फलोअर्स भएका भारतीय हुन् ।

रिपोर्टका अनुसार फिल्म स्त्री-२ रिलिज हुनुअघि श्रद्धा कपुरका इन्स्टाग्राममा करिब ९० मिलियन फलोअर्स थिए । तर फिल्म हलमा रिलिज भयो र दर्शकको अपार समर्थन पायो । फिल्मले बक्स अफिसमा मात्र सफलता हासिल गरिरहेको छैन, अभिनेत्री श्रद्धाका फलोअर्स समेत बढेका छन् ।

स्त्री-२ ले भारतीय बक्स अफिसमा मात्र ३६० करोड कमाई गरिसकेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १२ : २५ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको