१५ पुस २०८२, मंगलबार | December 30, 2025

अध्यक्ष नेपालबाट दुई सय ५१ केन्द्रीय सदस्यलाई शपथ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन ।

मङ्गलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउन पूर्ण बैठक बसेको हो । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् ।

पोलिटब्यूरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गरिने छ । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ४ : ३५ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन