१८ माघ २०८२, आइतबार | February 1, 2026

‘मेला’ नभनेर जुत्ता ‘मेला’ चलाउन दिने सहमति, अवरोध गरिएको जुत्ता मेला आजबाट संचालनमा



बुटवल । बुटवलका ब्यवसायिक संस्थाहरुको दवावमा अवरोध गरिएको मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः संचालनमा आएको छ । जुत्ता मेला लगाउँदा स्थानीय ब्यवसायीको पसल सुक्ने निश्कर्ष सहित मेला संचालनमा अवरोध पुर्याउने गरि स्थनीय सरकारलाई दवाब दिन पुगेका ब्यवसायिक संस्थाहरुले अन्ततः मेला शब्द हटाएर जुत्ता बजार संचालन गर्न दिन सहमत भएपछि जुत्ता मेला संचालनमा आएको हो ।

ब्यवसायिक संस्थाहरुको दवाबमा बुटवल उपमहानगरको वडा नम्बर ८ का वडा अध्यक्ष टंक प्रसाद पंगेनीले ब्यवसायिक संघ संस्थाहरुसँग समन्वय नगरी ब्यापार ब्यवसाय नगर्न आदेश जारी गरेका थिए । आज प्रगेनीकै अध्यक्षतामा बसेको ब्यवसायिक संस्थाका नेताहरु र जुत्ता मेला संचालकहरुको बैठकले मेला शब्द हटाएर जुत्ता बजार संचालन गर्न दिने सहमति दिएको थियो । त्यस अघि रुपन्देही ब्यापार संघले वडालाई पत्र नै काटेर आफुहरुको सहमति बेगर मेला चलाउन नदिन वडा कार्यालयलाई ध्यानाकर्षण पत्र नै पठाएको थियो ।

आगलागीबाट क्षति भपछि बन्द रहेको जुत्ता बजार आजबाट संचालनमा आएको हो । असार ६ गते आगलागी भएपछि ध्वस्त भएको परिसरमा नै ४० वटा स्टलहरुमार्फत जुत्ता उद्योगहरुले सेवा शुरु गरेका छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा जुत्ता बजार संचालनमा आएको छ । जुत्ता बजारको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री विष्णु पन्थीले आज उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवरेद्धन गर्नुपर्ने बताए । देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनले बताए ।

कार्यक्रममा लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट तोडफोडमा उत्रिएर अवरोध गर्न खोजेको बताए । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला आफुहरुलाई गलत आरोप लगाईएको भन्दै एमआरपी ट्याग मुल्यमा छुट दिईने गरि आफुहरु जुत्ता बजार खोल्न थालेको जानकारी दिए । उनले बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप पनि लगाए ।

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाईनका जुत्ताहरु यहा उपलब्ध हुने उनले बताए । मेलाको आकर्षणको रुपमा स्थानीय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईने उनले बताए । फैक्ट्रिदेखि उपभोक्तासम्मको यो अभियानलाई देशभर लग्ने भुसालले बताए ।

उद्घाटनअघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले आफुहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दै उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने गरेको दाबी गरे । उनले लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको गुनासो गरे ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामानले नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान दिन सकेको जानकारी दिए ।

बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटी सहित १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुटमा उपभोत्तालाई उपलब्ध गराउने लक्ष्यका साथ बुटवलमा जुत्ता बजार संचालन गरिएको उद्योगीहरुको भनाई छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ११ : २३ बजे

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक