१६ बैशाख २०८३, बुधबार | April 29, 2026

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार काठमाडौं आएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे । त्यस्तै उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गरे ।

सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएका थिए ।

विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ५ : ३८ बजे

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा