२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने प्रतिबद्धता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रयोगका आधारमा डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुल उठाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले डेडिकेटेड र ट्रङ्क लाइनबारे आवश्यक प्रमाण दिने जिम्मा नेपाल विद्युत् प्राधिकरणको भएको उल्लेख गरे ।

उनले लाल आयोगको प्रतिवेदनपछि प्राधिकरणले २०७२ साल माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलको बिल जारी गरेको पनि संसद् समक्ष प्रस्तुत गरे । उनले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् महसुल असुलउपरबारे संसद्को लेखा समितिमा छलफल चलिरहेकाले सरकारले सो समितिको निर्णयको प्रतीक्षा गरिरहेको बताए ।

बुढीगण्डकी जलविद्युत् आयोजनाबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले २०७९ साल भदौ १७ मा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको जानकारी दिए । “रु ४२ दशमलव ६५ अर्ब मुआब्जा रकम वितरण भएको छ, विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदन तयार र स्वीकृत भएको छ”, उनले भने ।

उनले अनुमानित लागत रु सात खर्ब ७७ अर्ब रहेको उल्लेख गर्दै अधिकांश प्राविधिक विषयमा सहमति भएको बताए । आयोजना कार्यान्वयन गर्न सोको सिद्धान्त र नेपालको हितलाई ध्यान दिई वार्ता र छलफलबाट सहमतिमा पुग्न भारतसँग कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ६ : ५७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र