४ श्रावण २०८३, सोमबार | July 20, 2026

माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक धनगढीमा सुरु



धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गरेका छन् ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  २ : २४ बजे

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत