१४ पुस २०८२, सोमबार | December 29, 2025

बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो



नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृत्युृ हुनेको संख्या ३ पुगेको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।

दुर्घटनामा गम्भिर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए । यसअघि दुर्घटनामा गम्भिर घाइते भएका यात्री दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय बसका सहचालक सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस बाँकेको गनापुरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका घाइते २१ जनाको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा डिस्चार्ज भईसकेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ४ : २८ बजे

४३ करोड बढी अपचलन भएको सहकारीलाई चलायमान बनाउन बन्यो तदर्थ समिति

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय संस्था लिमिटेडबाट ४३

यस्तो छ रवि लामिछाने र कुलमानबीच भएको सहमति, साछीमा बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते