२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरिसकेको छ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ७ : ५० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले