२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध



काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ ।

यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि एक्सका मालिन एलन मक्सले अगस्त १७ मा ब्राजिलको आफ्नो कार्यालयनै बन्द गरिदिएका थिए ।

ब्राजिलको सर्वोच्च अदालत र एक्सको बीचमा पछिल्ला महिनाहरूदेखि नै विवाद बढ्दै आएको थियो । अदालतले यसअघि पनि ब्राजिलका केहि एक्स एकाउन्टहरुलाई प्रतिबन्ध लगाउन आदेश दिएपनि एक्सले वाक स्वतन्त्रताको हवाला दिदै अस्वीकार गरको थियो ।

सर्वोच्चले एक्सको कानुनी विवादमा गरेका जरिवाना नतिरेपछि गत विहिबार मस्कको अर्को कम्पनि स्टारलिंकको बैंक खाता रोक्का गरेको थियो । ब्राजिलमा इन्टरनेट कनेक्सन उपलब्ध गराउने कम्पनि स्टारलिंकका साढे २ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ । सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने हुनाले कुनै तार कनेक्सन बिनानै स्टारलिंकले विश्वका सय भन्दा बढी देशमा इन्टरनेट उपलब्ध गराउदै आएको छ ।

स्टारलिंकले सामाजिक सञ्जाल एक्सको प्रकरणसँग आफ्नो कुनै सरोकार नभएको अदालतमा जिकिर गरेपनि मालिक एकै भएको भन्दै सर्वोच्चले स्टारलिंकको खाता रोक्का गरेको थियो ।

मस्कले सर्वोच्चको आदेशपछि ब्राजिलमा स्टारलिंकको इन्टरनेट नि:शुल्क उपलब्ध हुने बताएका छन् । बैंक खाता रोक्का गरिएकोले शुल्क उठाउन नमिलेको भन्दै उनले दुर्गम क्षेत्रका विद्यालय, अस्पतालहरु स्टारलिंकको इन्टरनेटमा भरपरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ७ : ३८ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक