१५ माघ २०८२, बिहिबार | January 29, 2026

महानगर प्रमुख बालेन लेख्छन् – ‘एमालेकी प्रदेश सांसद रेखा शर्माले बाल हिंसा गरिन्’



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेकपा एमालेकी बागमती प्रदेश सभाकी सदस्य रेखा शर्माले नाबालिगमाथि हिँसा गर्दै आएको आरोप लगाएका छन् । बालेनले आज सामाजिक सञ्जाल मार्फत प्रदेशसभा सदस्य शर्माले विगत ८ वर्षदेखि एकजना नाबालिकलाई बन्दी बनाएर राखेको र घरेलुकामदारका नाममा हिंसा गर्दै आएको आरोप लगाएका हुन् ।

सांसदको फोटो समेत सार्वजनिक गर्दै महानगर प्रमुख बालेनले नाबालिका माथि हिँसा गर्ने र हरेक दिन कुटपिट गर्दै आएको जनाउँदै महानगरले २ महिना देखि कारवाही अगाडि बढाउन भन्दा पनि उनीमाथि सरकारले कारवाही नचलाएको जनाएका छन् । उनले अदालतले मुद्दा चलाउने आदेश दिँदा पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै बालेनले लेखेका छन् – ‘सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ७ : ४८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण