१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरी रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पु¥याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बंैकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ । साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : ३० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले