१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

टानको अध्यक्षमा सागर पाण्डे विजयी



काठमाडौँ । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।

कांग्रेस(एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्।

पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन्।

टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएका छन्।

उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका निर्वाचन समितिले जनाएको छ। टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।

महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्।

उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।

सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० निर्वाचित भएका छन्।

यही भदौ १७ गतेदेखि सुरु भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ११ : ५० बजे

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर

कारागारबाट कैदी फरार प्रकरण : घटनाको छानबिन गर्न डिआईजी सापकोटा डोल्पामा

सुर्खेत । गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएको

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग

डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ

१० महिनामा मुस्ताङमा पुगे दुई लाख ८५ हजार पर्यटक

मुस्ताङ । सन् २०२६ को दश महिनामा दुई लाख ८५