७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

चलचित्र पत्रकारितामा महिला पत्रकारलाई प्राथमिकता दिन महिला पत्रकारको माग



नेपालगन्ज । चलचित्रसम्बन्धी समाचार र लेखनप्रति महिला पत्रकारहरुको आकर्षण बढाउन महिला पत्रकारहरुलाई प्राथमिकता दिनु पर्ने बाँकेका महिला पत्रकारहरुले बताएका छन् । बुधबार चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले तीज विशेष भेटघाट कार्यक्रममा अयोजना गरेको ‘चलचित्र क्षेत्रमा महिला पत्रकारहरुको सक्रियता’ विषयक अन्तरक्रियामा उपस्थित महिला पत्रकाहरुले जिल्लाका महिला पत्रकारहरुबीच चलचित्रसम्बन्धी लेखनको अवसर दिनु पर्ने बताएका हुन् ।

उनहिरुले चलचित्र सम्बन्धि लेखनको प्रतियोगितासमेत अयोजना गर्न सकिनेमा जोड दिए । सहभागी बक्ताहरुले चलचित्र पत्रकार संघले महिला पत्रकारहरुलाई बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरुलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले चलचित्रका विषयमा लेख्ने नगरेको टिप्पणी गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेलले चलचित्र पत्रकार संघले चलचित्रसम्बन्धी लेखन गराउने र उत्कृष्ट लेखन गर्ने महिला पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने जस्ता कार्यक्रमको अयोजना गर्नु पर्ने बताइन् । उनले अन्य पत्रकार संघठनभन्दा चलचित्र पत्रकार संघले फरक ढंगले कार्यक्रम अयोजना गर्दै आएको बताउँदै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रका बारेमा लेख्न महिला पत्रकारहरुलाई प्रेरित गर्नु पर्ने बताएन् ।

पत्रकार विमला चौधरीले चलचित्र पत्रकारले तीज कार्यक्रम आयोजना नगरेसम्म तीज आएको अनुभुती नहुने गरेको बताउँदै चलचित्र पत्रकारले बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरुलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले उक्त चलचित्रका विषयमा लेख्ने नगरेको बताइन् । उनले वर्षभरी आएका चलचित्र, तिनीहरुको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा महिला पत्रकारहरुलाई लेख लेख्न प्रेरित गर्नु पर्ने बताइन् ।

कार्यक्रममा पत्रकार रुपा गहतराजले नेपालगन्जबाट पनि चलचित्र पत्रकार संघले कलालाई समेटेर कम्तीमा वार्षिक बुलेटिन प्रकाशन गर्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाहले चलचित्र पत्रकार संघ बाँके शाखाले हरेक कार्यक्रम संचालन गर्दा केही नयाँ सन्देश दिनेगरी आयोजना गर्ने गरेको बताइन् । उनले बाँके शाखामा पुरुष अध्यक्ष भएता पनि महिला विशेष कार्यक्रममा कार्यसमितिमा रहेका फरक फरक महिलाहरुलाई कार्यक्रममा अध्यक्षता गराउन, कार्यक्रम संचालन गर्न पठाउने जस्ता नयाँ कामहरुको सुरुवात गरेको बताइन् ।

कार्यक्रमको अध्यक्षता गरेकी चलचित्र पत्रकार संघ बाँके शाखाकी सह–सचिव लक्ष्मी तिमिल्सेनाले अन्तरक्रियामा उठेका कुराहरुलाई बाँके शाखाले कार्यान्वयनमा ल्याउन योजना बनाएर अघि बढ्ने बताइन् ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ९ : १२ बजे

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको

संसदमा खोजियो छिनछिनमा बत्ती काटिने समस्याको समाधान

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका