१९ असार २०८३, शुक्रबार | July 4, 2026

प्रचण्ड, बाबुराम वैद्यलाई गंगा श्रेष्ठको प्रश्न – उपलब्धि रक्षाका लागि लड्ने कि आफू–आफू लड्ने ?



काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालिन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् ।

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले तत्कालिन नेताहरुलाई प्रश्न गरेका हुन् । उनले जनयुद्धको क्रममा घाइते, अपाङ्गता भएका हजारौं हजार योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए ।

सहिद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए । सांसद श्रेष्ठले तत्कालिन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य (किरण) र बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । उनले एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू–आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन् ।

सांसद श्रेष्ठले सहिदहरु विशाल र कुमारलगायत हजारौं सहिदहरूका सहादतबाट देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले जनयुद्ध लडेका क्रान्तिकारी नेता, कार्यकर्ताहरू छिन्नभिन्न हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्नसक्ने खतरा बढ्दै गइरहेको बताए । प्राप्त उपलब्धिको जगमा टेकेर मात्रै बाँकी उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाई छ ।

बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले आफु मन्त्री छँदा सहिदहरूको सम्मान र सम्झनामा प्रदेशभर योजनाहरु पारेको जानकारी दिए । उनले ४१ किलोमिटर लामो डाँडी–खहरे–सहान–बखबर सडकलाई शेरमान मार्ग, ३७ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायुटार–रामपुर सडकलाई मोहनचन्द्र मार्ग र सिलामे–बेल्टार–बडिमुहान सडकलाई टीका श्रेष्ठ मार्ग नामाकरण गरिएको बताए । सांसद श्रेष्ठले सिन्धुलीका विभिन्न स्थानहरूमा सहिद स्मृति शान्ति पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

त्यस्तै सहिद र बेपत्ता परिवार, घाइते अपाङ्गहरूलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन ‘द्वन्द्वपीडित सवलीकरण कार्यक्रम’ सञ्चालन गरिएको बताए । त्यसैगरी युद्धमा अङ्ग गुमाएकाहरूलाई कृत्रिम अङ्ग प्रदान गर्न बजेट विनियोजन गरिएको र बागमती प्रदेशअन्तर्गत रहेका सहिद परिवारका एक–एक जना सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रम राखिएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १ : ०२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०