५ पुस २०८२, शनिबार | December 20, 2025

एनपीएलका ८ फ्रेन्चाइजीको चयन: पोखरा सबैभन्दा महंगोमा बिक्री



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ ।

विहिबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ ।‌ नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो ।

त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर पब्लिकेसनले दोस्रो धेरै ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै एनपिएलको अर्को टिम जनकपुरका लागि तेस्रो धेरै रकम खर्च गरिएको छ । फ्रेन्चाइजी जनकपुरका लागि ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख खर्च गरेको छ ।

त्यस्तै चौथो धेरै रकम लुम्बिनी फ्रेन्चाइजीका लागि फोर्चुन हेल्थ केयरले एक करो ८६ लाख ४ सयमा किनेको छ । त्यस्तै पाँचौं धेरै रकम चितवन टिमका लागि चितवन मेडिकल कलेज (सिएमसी)ले १ करोड ७६ हजार १ हजार खर्च गरेको छ ।

त्यस्तै इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको छ । त्यसैगरी अर्को टिम विराटनगरको स्वामित्व भने एमएडी ड्रिम स्पोर्टसले १ करोड ५१ हजारमा किनेको छ । त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व भने हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको क्यानले जानकारी दिएको छ ।

एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ८ : २५ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले