१० माघ २०८२, शनिबार | January 25, 2026

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । थारु समुदायको बिशेष पर्व बड्का अट्वारीको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले बिगतमा पछाडि पारिएको थारु समुदायको भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा प्रतिवद्ध रहँदै थारु भाषलाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गराउनको लागी पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

लुम्बिनी प्रदेशका वर्दिया, बाके, दाङ, कपिलवस्तु रुपन्देही, नवलपरासी पश्चिम् आदी जिल्लामा थारु समुदायको घना बसोवास छ।

नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसाँस्कृतीक विविधतायुक्त मुलुक भएको र सबै जातजाति भाषाभाषीहरुको आफ्नै मौलिक साँस्कृतीक रितिरिवाज र चाडपर्वलाई संरक्षण गर्नु सबैको दायित्व भएको पनि उनले सन्देशमा उल्लेख गर्नु भएको छ । ूबडका अट्वारी पर्वको अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण लुम्बिनी प्रदेशवासी थारु समुदाय, आमा–बुवा, दिदी–वहिनी, दाजु–भाई, सबैलाई शुभकामना व्यक्त गर्दछु । यो पर्वले थारु समुदायको मौलिक साँस्कृतीक पक्षको उजागर र प्रवद्र्धनमा समेत टेवा पु¥याउने विश्वास लिएको छु ।ू शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

भाद्र शुक्ल पक्षको पहिलो आईतवारका दिनमा पर्ने यो पर्वले थारु समुदायको मौलिक पहिचान र संस्कृती संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले बिश्वास व्यक्त गरे ।

विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र उहांहरुको हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा महत्वपूर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । उनले राजनीतिक परिवर्तन, साँस्कृतीक रुपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा थारु समुदायले खेलेको भूमिकाको उच्च सम्मान व्यक्त गरेका छन् ।

पर्वले विभिन्न समुदाय विच भातृत्वको विकास, सामाजिक सद्भाव कायम गर्न तथा पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ७ : ३६ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा