८ बैशाख २०८३, मंगलबार | April 22, 2026

नेपालमा पनि भित्रियो विश्व प्रसिद्ध ‘कम्ब्याट तेक्वान्दो’



काठमाडौँ । विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायिक रुपमा सञ्चालन हुने भएको हो । कम्ब्याट तेक्वान्दोले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपालमा व्यवसायीक सुरुवातको औपचारिक घोषणा गरेको हो ।

कम्ब्याट तेक्वान्दोमा ११० मुलुकका ११५ मिलियन तेक्वान्दो खेलाडी र चार हजारभन्दा बढी व्यवसायिक रेफ्री संलग्न छन् । यससँगै, अब नेपालमा समेत तेक्वान्दोको व्यवसायिक खेल प्रतियोगिता हुनेछ । जसमा नेपालसहित विभिन्न देशका ४ हजारभन्दा बढी व्यवसायीक तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

जसको प्रत्यक्ष प्रसारण ईएसपीएन नेटवर्कमा, ईएसपीएन प्ल्स र डिज्ने प्ल्स लगायतका ओटीटी प्लेटफर्ममा समेत प्रसारण हुनेछ । कम्ब्याट तेक्वान्दोका संस्थापक तथा अध्यक्ष रिक सिनले कार्यक्रममा सम्बोधन गर्दै नेपाल सम्भावनाको देश भएको बताए ।

यहीकारण नेपाललाई तेक्वान्दोमा दक्षिण एसियाको हबका रुपमा विकास गर्ने उनले बताए । ‘नेपालमा थुप्रै सम्भावना भएका तेक्वान्दो खेलाडी छन्,’ शिनले भने, ‘यही सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित कम्ब्याट तेक्वान्दोको व्यवसायीक खेल सुरु गर्न लागेका हौं ।’

विश्वव्यापीरुपमा तेक्वान्दोको २० बिलियन अमेरिकी डलरको बजार भएको आँकलन छ । यही बजारलाई मध्यनजर गर्दै गत वर्षदेखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु गरेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै कम्ब्याट तेक्वान्दो नेपालका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाले औपचारिक सुरुवातको घोषणापछि अब छिट्टै व्यवसायीकरुपमा तेक्वान्दोको प्रतिस्पर्धा सुरु गर्ने बताए ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ११ : १३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति