२ पुस २०८२, बुधबार | December 18, 2025

हैदरावादी मट्का बिरयानी प्रकरण : २२ हजार जरिवाना, अर्को आदेश नभएसम्म संचालनमा प्रतिबन्ध

पत्रकारले नै विज्ञप्ति लेखेर सहि गराएको संचालकको स्वीकारोक्ति



बुटवल । कुहिएको मासु प्रयोग गरेर बिरयानी बेच्ने गरेको आरोप लागेका बुटवलको हैदरावादी बिरयानी सेन्टरका संचालक जनक खड्काले बुटवलको एक पत्रीकाका पत्रकारले लेखिदिएको विज्ञप्तिमा आफुले सहि गरेपनि विज्ञप्तिबारे आफुलाई केही थाहा नभएको बताएका छन् ।

गत बिहिबार बुटवल उपमहानगरले गरेको अनुगमनमा बिरयानी पकाउने स्थानमा कुहिएको मासु, फोहरपानी र बिरयानीमा प्रयोग नहुने टाउको, छाला र आन्द्रा-भुडी फेला परेपछि अनुगमन टोलिले उनलाई उपमहानगर उपस्थित हुन पुर्जी काटेको थियो ।

पुर्जी अनुसार उपस्थित हुनु अघि खड्काले विज्ञप्ति प्रकाशित गरेर अनुगमनका नाममा आफुलाई उपमहानगरपालिकाले बदनाम गर्न खोजेको आरोप लगाएका थिए । आज बुटवल उपमहानगरपालिकामा उपस्थित भएका खड्काले आफुलाई अरुबाटै विज्ञप्ति लेखेर सहिछाप गर्न लगाईएको बताएका हुन्  । ‘म पढेलेखेको मान्छे होईन, कामसँगमात्र मलाई मतलव छ, घटना भएपछि बुटवलको एक पत्रीकाका भाई आएर सहि गर्न भने पछि गरेको हुँ ।’ उनले भने । कुन पत्रिकाका प्रतिनिधि हुन् भन्ने बारे भने उनले केही बताएनन् ।

उनले बिरयानीमा कुहिएको मासु प्रयोग गरेको आरोप भने अस्वीकार गरे । उनले राख्ने ठाँउ सँगसँगै भएकाले आफुबाट गल्ती भएको स्वीकार गर्दै बिरयानीमा खराब मासु प्रयोग नगरेको बताए । ‘बँगुरवालालाई दिन भनेर राखेको छाला र भित्रि मासु फेला परेकै हो, त्यसलाई अलग्गै नराख्नु मेरो गल्ती हो, अव सेप्रेट ठाँउ बनाएर राख्ने ब्यवस्था गर्छु ।’ उनले भने ।

आजै जनस्वास्थ्यमा गम्भीर असर पर्ने कार्य गरेको भन्दै बुटवल उपमहानगरको अनुगमन समितिको बैठकले हैदराबादी दम बिरयानी सेन्टरलाई २२ हजार जरिवाना गर्दै अर्को आदेश नहुँदासम्म संचालन नगर्न निर्देशन गर्ने निर्णय गरेको छ । अनगुमन समितिकी संयोजक बुटवल उपमहानगरकी उपप्रमुख साबित्रा अर्यालले पूर्ण जन स्वास्थ्यको प्रत्याभूत नहुँदा सम्म संचालनमा रोक लगाईएको जानकारी दिईन् । उनले विज्ञप्ति प्रकाशनका बारेमा संचालक खड्काले बैठकमा माफी मागेको जनाउँदै उनले आफुबाट भएको कमजोरी पनि स्वीकार गरेको बताइन् ।

उपमहानगरको निर्देशन पछि अहिले बिरयानी सेन्टर बन्द भएको छ । उपमहानगरले दिएको निर्देशन अनुसारको संरचना तयार भएपछि मात्र संचालन गरिने संचालक खड्काले बताए । अनुगमनका क्रममा बिरयानी बनाउन तयार गरिएको ५६.५ केजी सडेको मासु र केही कुखुराको छाला फेला परेको र त्यसलाई तुरुन्तै नष्ट गरिएको अनुगमन टोलिले जनाएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ५ : ४९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल