६ श्रावण २०८३, बुधबार | July 22, 2026

भैरहवामा नेपाल एसबिआई बैंक लिमिटेडको शाखा स्थानान्तरण



भैरहवा । नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ बैंकरोडस्थित शाखा कार्यालय सिद्धार्थनगर–८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच उक्त शाखाको नयाँ भवन परिसरको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पान्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा राखिएको नेपाल एसबिआई बैंक लि. भैरहवा शाखा प्रबन्धक दिलिप रोयले बताए ।

हाल बैंकले १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस र १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  २ : ४१ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना