२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा : केन्द्रीय अध्यक्षमा पाण्डे, लुम्बिनीमा मरासिनी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समुहलाई शुभकामना दिएका छन् ।

इ. प्रा डा विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे । “यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरुले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।’’

इन्जिनीयर जनशक्तिलाई विदेश पलाएन हुनबाट रोक्न केन्द्रदेखि स्थानीय तहसम्म रोजगारीका अवसर सृजना गर्न पहल गर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सिनियर इन्जिनियरलाई बनाउन पहल गर्ने, इन्जिनियरीङ/ आर्किटेक्ट/आई सेक्टरको पेसा र व्यवसायलाई थप सुरक्षित र मर्यादित पेशाका रुपमा स्थापित गर्न जोड दिने लगायतका चुनावी मुद्दाहरुसहित प्यानलको घोषणा गरिएको छ ।

उक्त प्यानलबाट लुम्बिनी प्रदेशको अध्यक्षका लागि इ. जयलाल मरासिनी चुनावी मैदानमा रहेका छन् । लुम्बिनी प्रदेशमा १३१० जना मतदाता रहेको प्रगतिशिल इन्जिनीयर्स एशोसिएशन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । केन्द्रीय अध्यक्षसहित पदाधिकारी र सदस्यहरुमा १८ जना तथा प्रदेशमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुमा १६ जनालाई एकसाथ गरिने मतदानमा सहभागी हुन सदस्यहरुलाई एशोसिएशनका अधयक्ष भट्टराईले आह्वान गरेका छन् । विगतका नेतृत्वले काम गर्न नसकेको र बारम्बार एउटै संगठनका व्यक्ति निर्वाचित हुँदा पेशागत हितमा काम हुन नसकेको बताउँदै उनले यस पटक सदस्यहरुले फरक निर्णयमा पुगेका कारण आफ्नो प्यानल विजयी हुने दाबी गरे । नेकपा एमाले निकट मानिने प्रगतिशिल प्यानलमा क्षमतावान र अनुभवी व्यक्तिहरु चुनावी मैदानमा रहेका कारण चुनाव जित्ने आधार रहेको एशोसिएशनका लुम्बिनी सचिव सुरेश पौडेलले बताए ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका लागि बलराम पौडेल, प्रदेश उपसभापतिमा प्रभा पाण्डे, सचिवमा शिशिर ज्ञवाली, सहसचिवमा प्रदिप घिमिरे र कोषाध्यक्षमा राजु ढकाल रहेका छन् । यसैगरी सदस्यहरुमा प्रगतिशिल प्यानलबाट बिमल कंडेल, निशा बेलबासे, सुवास पुलामी, सुनिल केसी, तिलक बहादुर चलाउने, सुवर्ण न्यौपाने, बल्लबराज भण्डारी र विपिन पौडेल चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्र निकट सगठनहरुसमेत छुट्टाछुट्टै चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ८ : ०६ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने