६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्य रुपमा मनाउने



दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ लाई भव्य रुपमा मनाउने भएको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले संविधान दिवस मनाउने भएको हो ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिन सम्म विभिन्न कार्यक्रम गरेर दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले संविधान दिवसमा आयोजना गरिने कार्यक्रमहरु स्वीकृत गरेको छ ।

आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेश भित्र विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागी फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर संग समन्वय गर्ने निर्णय भएको छ । आमा नागरिकलाई तीन दिन आ-आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न आह्वान गरिएको छ ।

असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो ।

लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।

यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ४३ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको