२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशमा मनाईयो संविधानसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवस



दाङ । लुम्बिनी प्रदेश राजधानी दाङमा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृति दिवस मनाइएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रथम स्मृति दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर नेम्वाङले अतुलनिय भूमिका खेलेको स्मरण गरे । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : १८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति