८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको होराइजन चोकमा यु.एस. पिज्जाको दोस्रो शाखा



बुटवल । पंकज फुड प्राइभेट लिमिटेडद्वारा सञ्चालित युएस पिज्जा दोस्रो शाखाको रुपमा बुटवल ११ होराइजन चोकमा सञ्चालनमा आएको छ । पहिलो शाखाको रुपमा भैरहवामा सफलता हासिल गरेको युएस पिज्जाले दोस्रो शाखा बुटवलमा एक कार्यक्रमको आयोजना गरि सञ्चालनमा ल्याएको हो ।

युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैशवालले शाखा सञ्चालनमा ल्याएर पश्चिमी परिकारलाई आकर्षणमा ल्याएका हुन् ।

शाखा उद्घाटन समारोहमा प्रमुख अतिथी युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द केसी रहेका थिए । प्रमुख अतिथि केसीले युवा व्यवसाय पछिल्लो समय पलायन हुने अवस्था रोक्नलाई र युवालाई स्वरोजगार बनाउने उदेश्यले व्यवसायी सञ्चालनमा ल्याएकोमा जैसवाल दम्पतीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए साथै उनले काम पढाईको आधारमा भन्दापनी कर्मको आधारमा हुने हुदाँ काम कहिले पनि सानो ठूलो नहुने बताएका थिए ।

पंकज जैशवालले बनारस हिन्दु विश्वविद्यालयबाट एमबिए सम्मको पढाइ सकाएर स्वदेशमै व्यवसाय गर्ने उदेश्यले उनले आफ्नो पत्नीलाई मुम्बई पठाएर पिज्जाको परिकार बनाउन सिकाएका थिए । दम्पतीले युएस पिज्जा नामले ब्राण्ड बनाएर ४ बर्ष अघि पवन भैरहवाको मिलनचोकमा युएस पिज्जा हाउस सञ्चालनमा आएको थियो ।

युएस पिज्जामा पाउने परिकारमा भेज, चिकन पिज्जा, बर्गर, फ्राई चिकन, पास्ता, राइस बल, बिर्यानी, ट्याकोस, र्याव, स्याण्ड विच, चिकन विङ्स, फ्रेन्च फ्राई, नुडल्स, मोमो परिकार, कोल्ड कफी, हट कफी, सेक लगायत उपलब्ध रहेको जैसवाल बताउँछन ।

उद्घाटन कार्यक्रममा युवा नेता बिमल पौडेल, कृषि उद्यमी चन्द्रमनी अर्याल, युवा परिषदका कार्यकारी सदस्य सरोज खनाल लगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : ४१ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई

रमेश लेखकलाई बयानका लागि पत्र काट्यो जाँचबुझ आयोगले

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस