६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

बुटवलको होराइजन चोकमा यु.एस. पिज्जाको दोस्रो शाखा



बुटवल । पंकज फुड प्राइभेट लिमिटेडद्वारा सञ्चालित युएस पिज्जा दोस्रो शाखाको रुपमा बुटवल ११ होराइजन चोकमा सञ्चालनमा आएको छ । पहिलो शाखाको रुपमा भैरहवामा सफलता हासिल गरेको युएस पिज्जाले दोस्रो शाखा बुटवलमा एक कार्यक्रमको आयोजना गरि सञ्चालनमा ल्याएको हो ।

युवा व्यवसायी पंकज जैसवाल र पत्नी कुमारी कृष्ण जैशवालले शाखा सञ्चालनमा ल्याएर पश्चिमी परिकारलाई आकर्षणमा ल्याएका हुन् ।

शाखा उद्घाटन समारोहमा प्रमुख अतिथी युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोबिन्द केसी रहेका थिए । प्रमुख अतिथि केसीले युवा व्यवसाय पछिल्लो समय पलायन हुने अवस्था रोक्नलाई र युवालाई स्वरोजगार बनाउने उदेश्यले व्यवसायी सञ्चालनमा ल्याएकोमा जैसवाल दम्पतीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए साथै उनले काम पढाईको आधारमा भन्दापनी कर्मको आधारमा हुने हुदाँ काम कहिले पनि सानो ठूलो नहुने बताएका थिए ।

पंकज जैशवालले बनारस हिन्दु विश्वविद्यालयबाट एमबिए सम्मको पढाइ सकाएर स्वदेशमै व्यवसाय गर्ने उदेश्यले उनले आफ्नो पत्नीलाई मुम्बई पठाएर पिज्जाको परिकार बनाउन सिकाएका थिए । दम्पतीले युएस पिज्जा नामले ब्राण्ड बनाएर ४ बर्ष अघि पवन भैरहवाको मिलनचोकमा युएस पिज्जा हाउस सञ्चालनमा आएको थियो ।

युएस पिज्जामा पाउने परिकारमा भेज, चिकन पिज्जा, बर्गर, फ्राई चिकन, पास्ता, राइस बल, बिर्यानी, ट्याकोस, र्याव, स्याण्ड विच, चिकन विङ्स, फ्रेन्च फ्राई, नुडल्स, मोमो परिकार, कोल्ड कफी, हट कफी, सेक लगायत उपलब्ध रहेको जैसवाल बताउँछन ।

उद्घाटन कार्यक्रममा युवा नेता बिमल पौडेल, कृषि उद्यमी चन्द्रमनी अर्याल, युवा परिषदका कार्यकारी सदस्य सरोज खनाल लगायतले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ३ : ४१ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर