२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाएको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेदेखि अवकाश हुँदैछन् । बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उपसभामुख सत्ता गठबन्धन अनुकुल नहुँदा अनुकलको प्रधानन्यायाधीश नियुक्त गर्न बाधा पर्ने देखिएपछि बैठक स्थगित गरिएको बताईएको छ । उपसभामुख सत्ता अनुकल बनाउनकै लागि सत्ता गठबन्धनले उपसभामुखमाथि राजिनामाको दवाव बढाएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ९ : ३१ बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको