२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न



बुटवल । ‘हरेक बच्चाका लागि हरेक अधिकार’ भन्ने मूल नाराकासाथ मनाउन लागिएको ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा शुक्रबार बुटवलमा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र परिवार नियोजन संघ रुपन्देहीले विगतमा वर्षहरुमा जस्तै यस वर्ष पनि ‘हेल्दी बेवी कन्टेस्ट’ आयोजना गरेको हो ।

प्रतियोगिताको अवसरमा बोल्दै लायन्स इन्टरनेश्नल ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुशोत्तमभक्त प्रधानाङ्गले बाल दिवसका अवसरमा सबै शिशु र आमालाई शुभकामना व्यक्त गरे । आजका शिशु भोलीका भविष्य भएको बताउँदै उनले उनीहरुको शारिरीक मात्र नभई मानसिक बिकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रममा बोल्दै निर्णायक मण्डलका संयोजक तथा आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले शिशुको स्वास्थ्यका लागि परिवारको वातावरण स्वस्थ हुनु पहिलो शर्त रहेको उल्लेख गरे । घर परिवारबाट नै शिशुले पहिलो र अधिकांश व्यवहारिक सीप, ज्ञान हासिल गर्नेहुँदा अभिभावकले उनीहरुको हेरचाहमा ख्याल गर्नुपर्ने बताए ।

प्रतियोगितामा स्वस्थ शिशुहरुको प्रतिस्पर्धामा यारिका सैजु प्रथम भएकी छन् । प्रथम हुन सफल यारिकासहित अभिभावक काजल सैजुलाई सम्मानसहित गिफ्टह्याम्पर प्रदान गरिएको क्लबका द्धितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिर्जना श्रेष्ठले जानकारी दिइन ।

यसैगरी निशा बज्राचार्यकी शिशु यस्मी द्वितीय हुन सफल भइन् भने सरिता पौड्यालको शिशु विष्णु तृतीय हुन सफल भए । यसैगरी शिल्पा पौडेलकी शिशु समृद्धि, उजिरा खानको शिशु अरमान र कृति बज्राचार्यका शिशु विमान सान्त्वना हुन सफल भएका थिए ।

उनीहरुलाई समेत विभिन्न खेलौना लगायतका गिफ्टह्याम्परले सम्मान गरिएको थियो । प्रतिस्पर्धामा ३५ जना शिशुहरु सहभागी भएका थिए । शिशुको उमेर, शारिरीक वृद्धि, बौद्धिक बिकास, नियमित खोपको अवस्था, खानपान लगायतका कुराहरुका आधारमा उत्कृष्ट र स्वस्थ शिशु छनोट गरिएको निर्णायक समितिका संयोजक डा. पराजुलीले जानकारी दिए ।

कार्यक्रमका अवसरमा बोल्दै परिवार नियोजन संघ रुपन्देहीका सभापति प्रदीप शाक्यले प्रतियोगिता प्रतिस्पर्धाका लागि मात्र नभई सचेतनाका लागि आयोजना गरिएको उल्लेख गरे ।

पछिल्लो समय डिजिटल प्रविधिहरुको प्रयोगसँगै बालबालिकाहरु र अभिभावक बीचको दुरी बढ्दै जाँदा उनीहरुको मानसिक तथा सामाजिक बिकासमा असर परिहेको बताउँदै उनले सचेत हुनु पर्ने समय आएको उल्लेख गरे ।

लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष तारा श्रेष्ठले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सबै बालबालिकाहरुको सबै अधिकारमा पहुँच बढाउनका लागि अभिभावकहरुमा सचेतना आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रम क्लबका सचीव सिर्जना वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ३१ बजे

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले