२० मंसिर २०८२, शनिबार | December 6, 2025

लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न



बुटवल । ‘हरेक बच्चाका लागि हरेक अधिकार’ भन्ने मूल नाराकासाथ मनाउन लागिएको ६० औं राष्ट्रिय बाल दिवसका अवसरमा शुक्रबार बुटवलमा स्वस्थ शिशु प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी र परिवार नियोजन संघ रुपन्देहीले विगतमा वर्षहरुमा जस्तै यस वर्ष पनि ‘हेल्दी बेवी कन्टेस्ट’ आयोजना गरेको हो ।

प्रतियोगिताको अवसरमा बोल्दै लायन्स इन्टरनेश्नल ३२५ पी का डिष्ट्रिक गभर्नर पुरुशोत्तमभक्त प्रधानाङ्गले बाल दिवसका अवसरमा सबै शिशु र आमालाई शुभकामना व्यक्त गरे । आजका शिशु भोलीका भविष्य भएको बताउँदै उनले उनीहरुको शारिरीक मात्र नभई मानसिक बिकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी कार्यक्रममा बोल्दै निर्णायक मण्डलका संयोजक तथा आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. विनोद पराजुलीले शिशुको स्वास्थ्यका लागि परिवारको वातावरण स्वस्थ हुनु पहिलो शर्त रहेको उल्लेख गरे । घर परिवारबाट नै शिशुले पहिलो र अधिकांश व्यवहारिक सीप, ज्ञान हासिल गर्नेहुँदा अभिभावकले उनीहरुको हेरचाहमा ख्याल गर्नुपर्ने बताए ।

प्रतियोगितामा स्वस्थ शिशुहरुको प्रतिस्पर्धामा यारिका सैजु प्रथम भएकी छन् । प्रथम हुन सफल यारिकासहित अभिभावक काजल सैजुलाई सम्मानसहित गिफ्टह्याम्पर प्रदान गरिएको क्लबका द्धितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिर्जना श्रेष्ठले जानकारी दिइन ।

यसैगरी निशा बज्राचार्यकी शिशु यस्मी द्वितीय हुन सफल भइन् भने सरिता पौड्यालको शिशु विष्णु तृतीय हुन सफल भए । यसैगरी शिल्पा पौडेलकी शिशु समृद्धि, उजिरा खानको शिशु अरमान र कृति बज्राचार्यका शिशु विमान सान्त्वना हुन सफल भएका थिए ।

उनीहरुलाई समेत विभिन्न खेलौना लगायतका गिफ्टह्याम्परले सम्मान गरिएको थियो । प्रतिस्पर्धामा ३५ जना शिशुहरु सहभागी भएका थिए । शिशुको उमेर, शारिरीक वृद्धि, बौद्धिक बिकास, नियमित खोपको अवस्था, खानपान लगायतका कुराहरुका आधारमा उत्कृष्ट र स्वस्थ शिशु छनोट गरिएको निर्णायक समितिका संयोजक डा. पराजुलीले जानकारी दिए ।

कार्यक्रमका अवसरमा बोल्दै परिवार नियोजन संघ रुपन्देहीका सभापति प्रदीप शाक्यले प्रतियोगिता प्रतिस्पर्धाका लागि मात्र नभई सचेतनाका लागि आयोजना गरिएको उल्लेख गरे ।

पछिल्लो समय डिजिटल प्रविधिहरुको प्रयोगसँगै बालबालिकाहरु र अभिभावक बीचको दुरी बढ्दै जाँदा उनीहरुको मानसिक तथा सामाजिक बिकासमा असर परिहेको बताउँदै उनले सचेत हुनु पर्ने समय आएको उल्लेख गरे ।

लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष तारा श्रेष्ठले कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सबै बालबालिकाहरुको सबै अधिकारमा पहुँच बढाउनका लागि अभिभावकहरुमा सचेतना आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रम क्लबका सचीव सिर्जना वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ३१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले